मेसेन्जरमा अरुले पठाएको मेसेज हेरे पनि सिन (seen) नहोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

 मेसेन्जरमा अरुले पठाएको मेसेज हेरे पनि सिन (seen) नहोस् भन्ने चाहनुहुन्छ ? 

यदि हुनुहुन्छ भने तल दिइए अनुसार गर्नुहोस्।

मेसेन्जरमा कहिलेकाहीँ नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि अनरिड मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइसक्यो भने बाध्यताले पनि रिप्लाई गर्नुपर्छ ।


गोपनीयतालाई मध्यनजर गर्दै फेसबुकले हालै मेसेज हेरेपनि सिन भएको नदेखाउने फिचर ल्याएको छ । यदि तपाईं पनि आफूले हेरेको मेसेज 'सिन' भएको नदेखाओस् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहाेस्:

https://www.ntc.net.np/tariff/ftth-tariff


- सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् ।


- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।


- अनि छेउमा देखिएको 'सेटिङ'को आइकनमा ट्याप गर्नुहोस् ।


- यति गरेपछि 'प्राइभेसी एन्ड सेफ्टी'अप्सनमा जानुहोस् । र, अन्तिमतिर रहेको रिड रिसिप्ट (read receipt) अप्सनमा जानुहोस् ।


- रिड रिसिप्टको अप्सन डिफल्ट रूपमा अन नै हुन्छ । यसको अर्थ तपाईंले कसैले पठाएको मेसेज हेर्नुभयो भने 'सिन' भएको देखाउँछ । तर, सोही अप्सन अफ गर्नुभयो भने तपाईंले कसैको मेसेज हेर्नुभयो भने 'सिन' भएको देखाउँदैन । त्यस्तै तपाईंले पठाएको मेसेज पनि कसैले हेरेको छ भने 'सिन' भएको देखाउँदैन ।


त्यस्तै तपाईंले कुनै विशेष व्यक्तिले आफूले मेसेज सिन गरेपनि थाहा पाओस् र उसले सिन गर्दा आफूलाई थाहा होस् भन्ने चाहनुभयो भने त्यसको पनि विकल्प छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:


- सबैभन्दा पहिले मेसेन्जर खोलेर आफूले मेसेज हेर्दा 'सिन' भएको थाहा पाओस् भन्ने व्यक्तिको मेसेज खोल्नुहोस् ।


-अनि माथि दायाँपट्टि रहेको 'आई' आइकन (ⓘ) मा ट्याप गर्नुहोस् ।

Open Your Messenger


- त्यसपछि अन्तिमपट्टि रहेको 'रिड रिसिप्ट' अप्सनमा जानुहोस् ।

- र, 'शो रिड रिसिप्ट' (show read receipt) अप्सन अन गर्नुहोस् ।


यति गरिसकेपछि उक्त व्यक्तिले तपाईंले मेसेज सिन गर्दा थाहा पाउँछ भने उसले मेसेज हेर्दा तपाईंले सिन भएको थाहा पाउनुहुन्छ ।

Comments