FOUNDATION SETTLEMENT
foundation समस्याको लक्क्षणहरु :-
१. घरको कुन्नै भुइको भागमा असमानता ( उकालो ओरालो ) देखिनछ |
२. घर भरिको भित्तामा horizontal crack , vertical crack र diagonal crack देखिनछ |
३. झ्याल ढोका खोल्दा वा बन्द गर्दा असहज हुन्छ भने झ्याल ढोका वरिपरि असमान gap देखिन्छ |
४. झ्याल ढोका मा क्रयाक देखिन्छ |
५.घर वरिपरी settlement देखिन्छ जस्तै घर अगाडी वा पछाडी भएको garden , पार्किङ्ग गर्ने ठाउमा |

Foundation को समस्या आउनुका कारणहरु :-
१. सुख्खा याममा माटोमा भएको moisture वरपरा हुने अत्याधिक तातोका कारण सुक्ने गर्छ जसले गर्दा foundation भएको माटो foundation संग छुटिन्छ र settlement को समस्या निम्ताउछ |
२. कालिमाटी (Black cotton soil) मा बनाइएको foundation , सुकेको अथवा भिजेको समयमा expansion र contraction ले गर्दा foundation सर्ने गर्छ |
३.गलत design र निर्माणको क्रममा भएको गल्तीले पनि foundation मा समस्या निम्ताउछ |
४.अव्यवस्थित ढल निकासले गर्दा पनि soil मा movement ल्याऊछ जसले गर्दा पनि foundation को समस्या आउछ|
५. घर नजिकै ठुलो रुख छ भने पनि रुख को जरा ले घर को foundation लाई असर गर्ने गर्छ |
६.भैरहेको घर लाई विस्तार गर्दा थपिने load र नया foundation को लागि माटो खन्दा हुने माटोको movement ले पनि foundation लाई असर गर्छ |
७. प्राकृतिक प्रकोपको कारण जस्तै भुकम्प , बाढि पहिरो को कारणले पनि foundation मा समस्या ल्याऊछ |


Comments
Post a Comment