एनिमल चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस्

रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ले वर्ल्डवाइड बक्स अफिस कलेक्सनमा दमदार सुरुवात गरेको छ। शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिन नै ग्रस १ सय १६ करोड कलेक्सन गरेको हो। फिल्मले रणवीरको ओपनिङ डे कलेक्सनमा नयाँ रेकर्ड कायम गरेको छ।
फिल्मका निर्माताले एक्स (पूर्व ट्विटर)मा सार्वजनिक गरेको जानकारीअनुसार ओपनिङ डेमा फिल्मले १ सय १६ करोड कलेक्सन गरेको हो।
फिल्मले १ सय करोडसम्म कलेक्सन गर्ने अपेक्षा निर्माताको रहे पनि अपेक्षाभन्दा बढीको कारोबार गर्न सफल भएको हो।
रणवीरको ‘एनिमल’ले बजार ह्वात्तै आफ्नो नियन्त्रणमा पार्दा सँगै रिलिज भएको विक्की कौशलको ‘साम बहादुर’ले प्रभाव छाड्न सकेन। ‘एनिमल’ले भने ओपनिङमा यसै वर्ष रिलिज शाहरुख खानका दुई फिल्मको बीचमा आफ्नो स्थान बनाएको छ। शाहरुखको ‘जवान’ले पहिलो दिन १ सय २५ करोड कलेक्सन गरे सबैभन्दा ठूलो रेकर्ड बनाएको थियो भने ‘पठान’ले १ सय ६ करोड ग्रस कलेक्सन गरेको थियो।
रणवीरको फिल्मले ‘पठान’को कलेक्सनलाई उछिन्यो भने ‘जवान’लाई पहिलो दिन चुनौती दिन सकेन।
हिन्दी भर्सनमात्र हेर्ने हो भने पहिलो दिनको कलेक्सनमा शीर्ष तीनमा परेको छ एनिमल। बलिउडका विश्लेषक तरन आदर्शका अनुसार हिन्दी भर्सनमा एनिमलले ५४.७५ करोड कलेक्सन गरेको छ रिलिजको दिन। ‘एनिमल’ले हिन्दीमा ‘केजीएफ टू’ र ‘वार’लाई कलेक्सनमा उछिनेको छ। हिन्दीतर्फ ‘जवान’ पहिलो स्थानमा छ जसले रिलिजको दिन ६५.५० करोड कलेक्सन गरेको थियो। दोस्रोमा रहेको ‘पठान’ले ५५ करोड कलेक्सन गरेको थियो। हिन्दीतर्फ ‘एनिमल’ले ओपनिङ डे कलेक्सनमा सोझै तेस्रो स्थान लिन सफल भएको छ।





Good 👍😊
ReplyDelete