![]() |
| © Skill Sewa |
सिमेन्टको गुणस्तर कसरी चेक गर्ने ?
सिमेन्टको गुणस्तर कसरी चेक गर्ने ?
घर निर्माण गर्दा तपाई इट्टा, ढुङ्गा, वालुवा, सिमेन्टको मात्र प्रयोग गनु हुदैन आफनो रगत र पसिनाको कमाई पनि प्रयोग गर्नुहुन्छ छ । यसरी घर निर्माण गर्दा कस्तो समान प्रयोग गर्दै छौ भन्ने कुराले महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । विशेष गरी सिमेन्टको गुणस्तर जाँच गर्नु महत्त्वपूर्ण हुने गर्दछ । राम्रो सिमेन्टको प्रयोग भएन भने घर असुरिक्षत बन्ने गर्दछ । घरको जोखिम बहन गर्न क्षमता पनि सिमेन्टको गुणस्तरमा निर्भर गर्ने गर्दछ । लामो समयसम्म घरको आयु सुनिश्चित गर्न गुस्तरीय सिमेन्ट अपरिहार्य तत्व हो । सिमेन्टको गुणस्तर यसरी चेकजाँच गर्ने, १) प्याकिङको मिति –
सिमेन्टको क्षमता समयसंग घट्दै जान्छ । सिमेन्ट उत्पादन भएको मितीले ९० दिन भित्र प्रयोग गर्नुपर्छ । अन्यथा यसको गुणस्तरमा ५० प्रतिशतले कमी आउने गर्दछ । २) सिमेन्टको रङ
राम्रो सिमेन्ट सधैं खैरो रङ्गको हुन्छ । खैरो रङ साथसाथै हल्का हरियो छाया भएको सिमेन्ट राम्रो हुन्छ । ३) डल्लो अर्थात् गाँठो
सिमेन्टमा ओसिलो अवशोषणका कारण गाँठा अर्थात सेट भएर डल्लो बन्ने गर्छ । राम्रो सिमेन्टमा गाँठो अर्थात् डल्लाहरु हुँदैन । ४) तापक्रम
५) तैरने
राम्रो गुणस्तरको सिमेन्ट डुब्नु अघि केही समय पानीमा तैरिन्छ । सधैं गुणस्तरीय सिमेन्टको प्रयोग सुनिश्चित गर्नु पर्दछ । |







Comments
Post a Comment