![]() |
| © Tekendra Dhami |
१) सरकारले सवारीचालक अनुमतिपत्र (लाईसेन्स) मा ‘स्मार्टकार्ड’ को व्यवस्था कहिलेदेखि गरेको हो ?
> वि.सं. २०७२ मङ्सिर १४
२) धौवादी फलामखानी लिमिटेडको स्थापना कहिले भएको हो ?
> वि.सं. २०७६ पौष १६
- गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा स्थापना गरिएको
- उद्योग स्थापना सम्बन्धमा मन्त्रिपरिषदबाट २०७६ भदौ ८ मा निर्माण गरिएको
- खानी तथा भूगर्भ विभागद्वारा आ.व. २०६६/६७ मा सो खानी पत्ता लगाएको।
३) सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपलिका कुन हो ?
> पोखरा महानगरपालिका
४) वातावरण संरक्षणका लागि ‘हरित सेना’ गठन गरेको देश कुन हो ?
> अष्ट्रेलिया
५) प्रत्येक वर्ष निजामती सेवा पुरस्कार कति जनालाई प्रदान गरिन्छ ?
> १० जना (सर्वोउत्कृष्ट निजामती सेवा पुरस्कार एक जना र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने)
६) कसको शासनकाललाई लिच्छविकालको स्वर्णयुग मानिन्छ ?
> अंशुवर्मा
७) राणाकालीन प्रशासनिक व्यवस्थामा जङ्गी तथा निजामती कर्मचारीलाई रकम सापटी दिने अड्डालाई के भनिन्थ्यो ?
> तेजारथ अड्डा
८) सन्तुलित भोजनको अभावले हुने स्वास्थ्यसम्बन्धी समस्यालाई के भनिन्छ ?
> कुपोषण
९) उत्तर पुस्तिका परीक्षण सम्बन्धमा प्रयोग गरिने कम्प्युटराइज्ड विधि (ओ.एम.आर.) को पूरा रूप के हो ?
> अप्टिकल मार्क रिडर
१०) सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?
> बाँस
११)‘व्यवसायका दुई भाग छन् : बजारीकरण र नवप्रवर्तन ।’ भन्ने भनाइ कसको हो ?
> पिटर ड्रकर
१२)प्रशासकीय अदालत ऐन, २०७६ कहिले जारी भएको हो ?
> वि.सं. २०७६ असोज २४
१३) नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र छ ?
> इलाम
१४) इन्द्रसरोवर कहाँ पर्छ ?
> मकवानपुर
१६) खैराला दरबार कैलालीमा छ भने हतुवागढी दरबार कहाँ छ ?
>भोजपुर
१७) अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
>प्लेटिपस
१८) ओलाङ्चुङगोला ताप्लेजुङमा पर्दछ भने छेकम्पार कहाँ पर्दछ ?
> गोरखा
१९) तमु सङ्ग्रहालय लमजुङमा छ भने लेप्चा सङ्ग्रहालय कहाँ छ ?
> इलाम
२०) विश्वमै सबैभन्दा सानो लालीगुराँसको फूल मुगु जिल्लास्थित राराताल क्षेत्रमा पाइन्छ भने सबैभन्दा ठूलो लालीगुराँसको फूल कहाँ पाइन्छ ?
> इलाम
२१) प्रतिनिधि सभा निर्वाचन, २०७४ मा प्रत्यक्षतर्फ कति महिला उम्मेदवार विजयी भएका हुन्?
> छ जना ।
– (पवित्रा निरौला खरेल–झापा, पम्फा भुसाल–ललितपुर, पद्माकुमारी अर्याल–स्याङ्जा, दुर्गा पौडेल–प्युठान, कमला रोका–पूर्वी रुकुम र विना मगर–कञ्चनपुर)
२२) नेपाल सरकारले पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले गरेको हो?
> वि.सं. २०७५ चैत २८ गते ।
२३) ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?
> ली क्वान यु ।
२४) नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
> सन् २०२५ सम्म ।
२५) ‘लेजर स्पिड गन’केसँग सम्बन्धित छ ?
> सवारी साधनको गति मापन प्रविधि ।
२६) काठमाडौँ उपत्यका विकास प्राधिकरण (के.भी.डीए.) को स्थापना कहिले भएको हो ?
>वि.सं. २०६९ वैशाख १ गते ।
– सहरी विकास मन्त्रालय अन्तर्गत रहेको यसको मुख्य कार्यालय अनामनगर (काठमाडौँ) मा रहेको ।
२७) नेपाललाई कहिलेसम्म शून्य भोकमरी मुलुक बनाउने योजना छ ?
>सन् २०२५ सम्म ।
२८) विश्वकै ठूलो नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
> सन् १९०१ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको । नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने । यो पुरस्कार संयुक्तरूपमा तीन जनासम्मले पाउन सक्ने ।
२९) संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा कहिले फहराइयो ?
> वि.सं. २०७६ असोज ३ गते ।
– (नेपालको संविधान दिवसको अवसरमा सो भवनमा एक मिनेट नेपाली झण्डा फहराइएको ।)
३०) लगानीको वातावरण सहज बनाउने उद्देश्यसाथ एकल बिन्दु सेवा केन्द्र कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
> वि.सं. २०७६ जेठ १ गते ।
– लगानीकर्तालाई सबै प्रकारका सेवा एकै स्थानबाट उपलब्ध होस् भनी यो सेवा सञ्चालन गरिएको । सेवाको सुरुवातपछि उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया एकै स्थानबाट उपलब्ध हुने ।
३१) काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको आरम्भ कहिले गरिएको हो ?
> वि.सं. २०७६ फागुन ५ गते ।
३२) अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
> सेप्टेम्बर ८ तारिखमा ।
३३) औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
> शुक्लपक्ष (ब्राइट हाफ) ।
– (पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्णपक्ष (डार्क हाफ) भनिन्छ । शुक्लपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्णपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)
३४) नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?
> सन् १९७५ । यो सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको ।
३५) नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
> वि.सं. २०५५ पुस १६ गते ।
– वि.संं २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजीक्षेत्रको सहभागितामा सो बोर्ड स्थापना गरिएको । २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना । उक्त मन्त्रालययमा वि.सं. २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि.सं. २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको ।
– राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको गठन वि.सं.२०७२ जेठ ३१ मा गरिएको । यसको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने ।
– पर्यटन परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने ।
३६) ‘धवलागिरि आइसफल टे«क’ भनी कुन ‘ट्रेकिङ रुट’लाई चिनिन्छ ?
> म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते (करिब एक सय कि.मि.)
३७) संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सफा हावा दिवस घोषणा गरियो ?
> सेप्टेम्बर ७ तारिख ।
– सन् २०१९ डिसेम्बर १९ मा महासभाद्वारा सो दिवस घोषणा गरिएको ।
– नीलो आकाशका लागि सफा दिवसका रूपमा सो दिवस मनाइने (सन् २०२० देखि) राष्ट्रसङ्घले जनाएको ।
लेखक / सम्पादक : टेकेन्द्र धामी

Comments
Post a Comment