लोकसेवा संग सम्बन्धित ३० प्रश्नोत्तर

 

© Tekendra Dhami 

१) “शिक्षाको जरो तीतो हुन्छ तर फल चाहिँ मीठो हुन्छ” यो भनाई कसको हो ?

- अरस्तु ।

२). नेपालको संविधान (२०७२) को कुन धारामा ‘स्वच्छ वातावरणको हक’सम्वन्धी व्यवस्था छ ?

- धारा ३० ।

३). रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय नाकाका रूपमा कहिले घोषणा भएको हो ?

- वि.सं. २०७४ भाद्र १४ ।

४). नेपालमा मल्टी करेन्सी कार्ड कहिलेदेखि प्रयोगमा आएको हो ?

- सन् २०१७ नोभेम्वर १५ । 

(विभिन्न राष्ट्रका मुद्रा निकाल्न मिल्ने एटीएम कार्ड नै मल्टी करेन्सी कार्ड हो । नेपालमा सेन्चुरी कमर्सियल बैङ्कले पहिलोपल्ट यो कार्ड प्रचलनमा ल्याएको हो ।)

५). गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा कहिले गरिएको हो ?

- वि.सं. २०७५ मङ्सिर ५

(पञ्चशील क्षेत्र घोषणासँगै लुम्बिनी परिसरमा हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न

नपाइने ।)

६). सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?

- सन् २०२५ सम्ममा ।

७). देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश कुन हो ?

- गण्डकी प्रदेश (वि.सं. २०७५ भाद्र १३) ।

८).जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति ‘सेतो बाघ’ हो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?

- पल्पसा क्याफे 

९). छातेढुङ्गा नामक स्थान कहाँ रहेको छ ?

- तेह्रथुम 

(तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गामा ढुङ्गा कुँदेर छाता आकारका तीनवटा आकर्षक ठूला स्तम्भ राखिएका छन् । निर्मल–शिवकर्ण कङ्दङ्वा लिम्बु परिवारले कृति राख्न वि.सं. १९८९ मा ढुङ्गाको छाता बनाएका थिए । पछि यो क्षेत्रको नामकरण नै छातेढुङ्गा हुन गएको हो ।)

१०) नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग नामकरण गरिएको छ ?

- सुर्खेत –हिल्सा सडक ।

११) नेपालको कुन जिल्लालाई ‘पहाडकी रानी तथा नगदेवालीको खानी’ उपनामले चिनिन्छ ?

- इलाम ।

१२). बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?

- मालिका गाउँपालिका, गुल्मी

(यो अभियान अन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने गरिएको ।)

१३). नेपाल र नर्वेबीच परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय संयन्त्रको स्थापना कहिले भएको हो ?

-विसं २०७६ कात्तिक १८

१४). प्रसिद्ध दुधेश्वरनाथ मन्दिर कहाँ रहेको छ ?

-पर्सा

– पर्सा जिल्लाको सदरमुकाम वीरगन्जबाट करिब ३२ किलोमिटर उत्तरमा अवस्थित यसलाई तराई–मधेसमा ‘भाठाधाम’ पनि भनिने ।

– वर्षको तीनपटक (वैशाख, साउन र माघमा) मेला लाग्ने यस ठाउँमा नेपाल, भारतलगायतका स्थानबाट हजारौँ आन्तरिक एवम् बाह्य पर्यटकको आगमन हुने ।

१५). अन्तरीक्षमा सँगै हिँडी कीर्तिमान कायम गर्ने दुई महिला अन्तरीक्ष यात्री को–को हुन् ?

-नासाका अन्तरीक्ष यात्री क्रिस्टिना कोक र जेसिका मिअर

१६). गुराँसेपोखरी कहाँ रहेको छ ?

-ताप्लेजुङको मेरिङदेन गाउँपालिका

१७).नेपाललाई विफरमुक्त देश कहिले घोषणा गरियो ?

विसं २०३४ वैशाख १ 

१८). वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न सरकारले ‘कल सेन्टर’ को सञ्चालन कहिलेदेखि गरेको हो ?

-विसं २०७५ चैत १८

१९). नेपालमा सती प्रथाको अन्त्य कहिले भयो ?

विसं १९७७ असार २५

२०).नेपालमा सबैभन्दा बढी चरा पाइने स्थान कुन हो ?

-अरूण उपत्यका

२१). अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए ?

-जयस्थिति मल्ल

२२). मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्यक्षेत्रमा कस्ता राज्य थिए ?

-चौबीसे राज्य

२३). नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो ?

-जुद्धशमशेर

२४). प्रदेश नं. २ (मधेश प्रदेश)मा रेडियो नेपालको प्रादेशिक प्रसारण कहिलेदेखि सुरु भएको हो ?

 विसं २०७६ जेठ १८ गते ।

– महोत्तरी जिल्लाको बर्दिवासबाट रेडियो नेपालको प्रादेशिक प्रसारण सुरु भएको ।

– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र प्रदेश २ (मधेश प्रदेश) का पूर्व मुख्यमन्त्री लालबाबु राउतद्वारा प्रादेशिक प्रसारण शुभारम्भ गरिएको ।

२५). नेपालमा चलचित्र पत्रकारिता दिवस कहिले मनाइन्छ ?

 जेठ ७ गते ।

२६). विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायरदेखि स्वयम्भूसम्म निर्माण गर्न थालिएको ‘सम्पदा मार्ग’ को लम्बाइ कति छ ?

- २.८ किलोमिटर

२७). टी–२० विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक लिने बलर को हुन् ?

- अस्ट्रेलियाका ब्रेट ली 

(सन् २००७ को टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उहाँले बङ्गलादेशविरुद्ध खेलमा ह्याट्रिक गर्नुभएको थियो । )

२८).  “एउटा न्यानो र मिठो हाँसो दया र करुणाको अन्तर्राष्ट्रिय भाषा हो ।” भन्ने विचारक को हुन् ?

- विलियम अर्थर वार्ड, अमेरिकी लेखक 

२९). क्षयरोगविरुद्ध खोपको आविष्कार कसले गरेका हुन् ?

- लुई पास्चर

३०). योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार ‘आश्रित परिवार’ भन्नाले कस–कसलाई बुझिन्छ ?

- पति वा पत्नी, छोरा, बुहारी, वा छोरी, बाबु, आमा, सासू वा ससुरा, नाति वा नातिनी 

सङ्कलक : टेकेन्द्र धामी 


Comments