लोकसेवा आयोग तयारी ३० प्रश्नोत्तर

 

© Tekendra Dhami

१). सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा कहिले गरेको हो ?

- २०७५ साल, फागुन १ गते । 

– सबैका लागि रोजगार संवैधानिक अधिकार भन्ने नारालाई आत्मसाथ गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ ।

– राष्ट्रिय रोजगार नीति २०७१ मा उल्लेखित व्यवस्था अनुरूप उक्त कार्यक्रम सार्वजनिक गरिएको हो ।

– सोही दिन सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा पनि गरेको छ । 

२). “संसारमा कडा परिश्रमको अर्को कुनै विकल्प छैन ।” भन्ने भनाइ कसको हो ?

- थोमस अल्वा एडिसन, वैज्ञानिक ।

३). प्रदेश नं. ७ लाई के नामकरण गरिएको छ ?

- सुदूरपश्चिम ।

(प्रदेश नं. ७ को नामकरण सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय २०७५ साल, असोज १२ गते प्रदेशसभाबाट पारित भएको थियो ।)

४). “हरेक दिनले बराबर अवसर सिर्जना गर्छ र यो हरेकका लागि उपलब्ध हुन्छ ।” भन्ने भनाइ कसको हो ?

- मुकेश अम्बानी, भारतीय उद्योगपति । 

५). चौथो पुस्ता अर्थात ‘फोर जी’ मोबाइल फोन प्रविधिको व्यावसायिक प्रयोग गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

- स्वीडेन (सन् २००९, डिसेम्वर १४) ।

६). MCC को पूरा रुप के हो ?

- Milleunnium Challenge Corporation

(यो अमेरिकाको सरकारी दातृ निकाय हो ।)

७). नेपालमा पहिलोपल्ट बाघ दिवस कहिले मनाइएको हो ?

- २०६७ साल, साउन १३ गते । 

८). मरुभूमि नभएको एकमात्र अरब राष्ट्र कुन हो ?

- लेवनान ।

९). Silent Emergency भन्नाले के बुझिन्छ ?

- कुपोषण, गरिबी, अभाव, गृहयुद्ध आदि कारणबाट सृजित अवस्था ।

१०). MR को पूरा रुप के हो ?

-  Mitochondrial Replacement

११). “अध्ययनले हामीलाई आनन्द दिलाउँछ, सिँगार्छ र योग्य बनाउँछ ।” भन्ने भनाइ कसको हो ?

 फ्रान्सिस

१२). नेपालको पहिलो कलेज ‘त्रि–चन्द्र कलेज’ को स्थापना कहिले भएको हो ? 

- विसं १९७५ ।

– विसं १९७६ मा त्रि –चन्द्रमा आईए तथा आईएस्सी, विसं १९८१ मा बीए तथा विसं २००४ मा बीएस्सी को पठनपाठन सुरु भएको ।

– विसं २०३० मा नयाँ शिक्षा लागू गरिए पश्चात् यसलाई त्रि–चन्द्र कलेजबाट त्रि–चन्द्र क्याम्पस नामकरण गरिएको । 

१३). नेपालमा पहिलोपल्ट कोरोना भाइरस फेलापरेको पुष्टि कहिले भएको हो ?

- विसं २०७६ माघ १० । 

(चीनको युहान प्रान्तबाट आएका नेपाली विद्यार्थी सो भाइरसबाट सङ्क्रमित भएका ।)

१४). ‘प्रहरी मेरो साथी’ नामक अभियान कहिले सुरु भएको हो ?

- विसं २०७३ असार २७ । 

 १५). नेपाल प्रहरीद्वारा मुस्कानसहितको सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

- विसं २०७१ जेठ ८ । 

१६). नेपाल सरकारद्वारा कूटनीतिक आचारसंहिता कहिले जारी गरिएको हो ?

- विसं २०६८ भदौ १ । 

१७). सरकारी कामकाजमा डिजिटल हस्ताक्षरको सुरुवात कहिलेदेखि भएको हो ?

- विसं २०७२ मङ्सिर १६ । 

१८). पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?

- डग स्टार । 

१९). नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?

- विसं २०१८ (हरेक १०÷१० वर्षमा हुने)

२०). सीएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?

- अनुराधा कोइराला (दोस्रो नेपाली : पुष्पा बस्नेत)

२१). पर्वतारोहणका लागि खुला गरिएको नेपालको पहिलो हिमाल कुन हो ?

- अन्नपूर्ण ।

२२). नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म कहाँ भएको हो ?

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराका रूपमा विसं १८४५ पौष १५ गते उनको जन्म भएको थियो । उनको बुबा पट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । उनी नेपाली सेनाको पुरानो गोरख गणको कप्तान थिए । यिनी नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षार्थ नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । उक्त युद्धमा नेपालीको हार भए पनि नेपाली वीरताको कदर गर्दै अङ्ग्रेज फौजले हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

राष्ट्रिय विभूति बलभद्रको विसं १८७९ चैत २८ मा निधन भएको थियो ।

२३). राष्ट्रिय विभूति बलभद्र कुँवरको सालिकसहितको पार्क निर्माण कहाँ गरिएको छ ?

धुलिखेल नपा–९, देवीस्थान (काभ्रे )

२४). प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?

प्रकाशको आवर्तन ।

– (फरक माध्यममा प्रकाशको गति फरक–फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)


२५). प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरू छुट्ट्याउने प्रक्रियालाई के भनिन्छ ?

प्रकाश विच्छेदन ।


२६). प्रतिसेकेन्डमा उत्पन्न हुने जम्मा तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?

आवृत्ति ।


२७). न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को स्थापना कहिले भएको हो ?

सन् १९७४ मे ।

२८). एसियाली विकास बैङ्कको स्थापना कहिले भएको हो ?

सन् १९६६ डिसेम्बर १९ ।

– एडीबीमा सुरुमा ३१ राष्ट्र संलग्न रहेकोमा हाल एसियाका ४८ र अन्य १९ गरी ६७ राष्ट्र सदस्य रहेका ।

– यसको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको ।

– सन् २०१५ को सुरुमा एडीबीमा जापानको १५.७ प्रतिशत, अमेरिकाको १५.६ प्रतिशत, चीनको ६.५ प्रतिशत, भारतको ६.५ प्रतिशत तथा अस्ट्रेलियाको ५.८ प्रतिशत लगानी रहेको ।

२९). सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुुन हो ?

चिल्का ताल (भारत) ।

३०). ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?

- भूमध्यरेखा । 

सङ्कलक :टेकेन्द्र धामी 



Comments