इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा नेपाली खेलाडी परेका छैनन् । भारतीय क्रिकेट बोर्ड(बिसिसिआई) ले आयोजना गर्ने आइपिएल २०२४ को अक्सनमा कुनैपनि नेपाली खेलाडीको नाम छैन ।CLICK HERE to check the complete list of IPL 2024 Player Auction.
२०१८ को अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
२०२० मा दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । २०२१ र २०२२ को अक्सनको सर्ट लिष्टमा सन्दीप परेपनि कुनै पनि टोलीले किनेका थिएनन् । गत वर्ष कुनैपनि नेपाली खेलाडी अक्सनमा थिएनन् । एसोसिएट क्रिकेटबाट नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् । आइपिएल अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ । जसमा ३० विदेशी खेलाडी बिक्ने कोटा बाँकी छ ।
पछिल्लो सात महिनामा नेपालले भारतसँग ३ महत्वपूर्ण खेल खेलेको थियो । नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । कम्तिमा नेपाली खेलाडी आइपिएलको अक्सनमा पर्न सक्ने अनुमान गरिएको थियो । यस पटक अक्सनमा दीपेनद्रसिंह ऐरी र सन्दीप लामिछाने बिक्न सक्ने नेपाली खेलाडीको रुपमा थिए । तर बिसिसिआईले अक्सनमै राखेको छैन ।
यस पटकको अक्सनमा कुल ३ सय ३३ खेलाडी छन् । जसमा २ सय १४ भारतीय र १ सय १९ विदेशी खेलाडी छन् । जसमा दुई एसोसिएट खेलाडी छन् । अक्सनमा बढीमा ७७ खेलाडी बिक्री हुनेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा छ । आइपिएलमा २३ खेलाडीले सर्वाधिक २ करोड न्यूनतम मूल्य राखेका छन् ।

Comments
Post a Comment