बैतडी जिल्ला (Baitadi District)

 

बैतडी जिल्ला Baitadi District


परिचय

नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये एक धार्मिक महत्व बोकेको बैतडी जिल्ला मित्रराष्ट्र भारत संग महाकाली नदिले सीमाना जोडिएको पहाडी जिल्ला हो । बैतडी जिल्लाको हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ । सोहि अनुसार यस  जिल्लाको नाम बैतडी रहनुमा केहि ऐतिहासिक कुराहरु छन । बैतडीको वरिपरिका उच्च पहाडहरुमा चारवटा केदार देवताहरुको देवस्थल छ । ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन् । यी केदारहरु आराध्यदेव महादेवका रुप हुन भन्ने जनश्रुति छ ।

Ninglashaini Bhagawati Temple
Ninglashaini Bhagawati Temple

शक्तिशाली देवताको छत्रछाया माझ रहेको बैतडी जिल्ला हिन्दुहरुको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरुमा वर्णन गरेको पाइन्छ । यी चारवटै केदारहरुका देवस्थलहरुमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ । देवस्थलहरुमा बैतडी सदरमुकामवाट सहज ढंगले यात्रा गर्न सकिन्छ । हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड भनिने रहेछ र त्यहां ज्यादै हावा लाग्ने गर्दछ । वढी हावा  लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु + उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउं भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने भनाई रहेको छ ।

Tripurasundari Baitadi
त्रिपरासुन्दरी मन्दिर बैतडी
बैतडी जिल्लाको भाैगोलीक अवस्थिती

यस जिल्लाको पूर्वमा बझाङ र डोटी जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा नेपालकै दार्चुला जिल्ला र दक्षिणमा डडेलधुरा जिल्ला पर्दछन् । विश्व मानचित्रमा २९ डिग्री १८ मिनेट उत्तर देखि २९ डिग्री ४१ मिनेट उत्तरी अक्षांश र ८० डिग्री १९ मिनेट पूर्व देखि ८० डिग्री ८१ मिनेट पूर्वी देशान्तर सम्म जिल्ला फैलिएको छ। यस जिल्लाको कूल क्षेत्रफल १४५१।१३ बर्ग कि.मि.रहेको छ भने यो जिल्ला समुद्री सतहबाट ३९०मिटर देखि देखी २९५० मिटर सम्मको उचाईमा रहेको छ ।

भू–उपयोग : वन क्षेत्र : ५८,५८२ हेक्टर (३४ प्रतिशत)
चरन: १९,१९९ हेक्टर (१२.९ प्रतिशत)
कृषि: १२,४४९ हेक्टर

बैतडि जिल्लाको हावापानी

हावापानी : समशीतोष्ण , शीतोष्ण

वर्षा : १२६.६७ मिलिमिटर

तापक्रम (सरदर) : १५.०८ देखि २४.६३ डिग्री सेल्सियस

Border between Nepal and India
नेपाल भारत बडर बैतडी
बैतडि जिल्लामा रहेका प्रमुख नदीनालाहरु

महाकाली, चौलानी, सुर्नया, जमाडी, गर्मा, आगरी, सेती, पेल्या,ढिकगाड, प्यानीगाड, वागागाड, कोटिलीगाड, निलगाड,कन्सनी गाड, पल्मोडीगाड आदि ।

बैतडि जिल्लामा रहेका जातजातिको जातिगत विवरण

जातीय आधारमा जनसंख्या प्रतिशत
ब्रामण/क्षेत्री : ७८ प्रतिशत
जनजाती : २ प्रतिशत
दलित : १३ प्रतिशत
अन्य : ७ प्रतिशत

पत्ताल भूमशोर बैतडी
पत्ताल भूमेस्वर बैतडी
बैतडी जिल्लाको  निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

बैतडी जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार बैतडी  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  ४ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । 


Comments