राजेश हमालले लगाए दशैं टीका (तस्वीर)

 

काठमाडौँ । अभिनेता राजेश हमालले बुधबार मात्र


दशैं टीका लगाएका छन् । विजया दशमीको भोलिपल्ट मात्र टीका ग्रहण गर्दै आएका हमालले पत्नी मधुसहित निकट फिल्मकर्मीलाई निवासमा टीका लगाइदिए ।











सामाजिक संजालमार्फत दशैंको शुभकामना दिँदै उनले टीका समारोहका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, हमाल र उनकी पत्नी खुशिको मुद्रामा देखिएका छन् । विजया दशमीकै दिनमा आमाको निधनको तिथि पर्ने भएकाले उनले त्यसको भोलिपल्ट मात्रै टीका लगाउँदै आएका छन् ।














Comments