शिव परियारले ल्याए नयाँ गीत ‘तिमी र म’






तिमी र म अनि शीतल जून

कलकल बगेको खोला अनि मधुर धुन

सिरसिर बतासको लहरसँगै

तिमीले लामो केश फिंजाएको हेर्ने मन छ

यी गायक शिव परियारको नयाँ गीत ‘तिमी र म’मा समेटिएका शब्द हुन् । ‘तिमी र म’ एल्बममा समावेश यो गीतमा सागर फुयालको शब्द र शिवकै संगीत छ । गीतलाई शंशाक सापकोटाले एरेन्ज गरेका हुन् ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा टीनएजरको मायाप्रेमको भाव समेटिएको छ । भिडियोमा कुन्साङ बमजन र रेखा लिम्बू फिचर्ड छन् ।

भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका छन् । कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् । शिवले करिब डेढ महिनाअघि सोही एल्बममा समावेश ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरेका थिए ।


Comments