बैतडीको खोड्पेमा देउडा प्रतियोगिता हुदै

 

बैतडी, 
बैतडीको खोडपेमा सयुक्त महिला पुरुष देउडा प्रतियोगिता हुने भएको छ । यहीँ भाद्र २६ गतेदेखि २८ गतेसम्म सयुक्त महिला पुरुष देउडा प्रतियोगिता हुने भएको हो । 
स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यसहित गौरा पर्वको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । 
गत वर्ष महिला पुरुष देउडा प्रतियोगिता छुट्टाछुटै आयोजना गरिएकोमा यस वर्ष सयुक्त आयोजना गरिन लागिएको हो । महिला पुरुषले सहभागिता जनाउन पाउने तर छुट्टाछुट्टै नभई सयुक्त आयोजना गरिन लागिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र, द्वितिय पुरस्कार ७ हजार नगदसहित प्रमाणपत्र, तृतीय पुरस्कार ५ हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार रु २ हजार नगदसहित प्रमाण प्रदान गरिने आयोजक समितिका सदस्य मोहन सिंह बिष्टले जानकारी दिए ।  
पाटन नगरपालिका वडा नं ८ को कार्यालय, खोडपे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना प्रतियोगिता आयोजना गरिन लागिएको हो । प्रतियोगिता सञ्चालनको लागि आन्तरिक तयारी तीब्र पारिएको छ । 
इच्छुक देउडिया कलाकारहरूले यहीँ भाद्र २६ गते बिहान ७ बजेसम्म नाम दर्ता गराउन सक्नेछन् । फोनबाट समेत नाम दर्ता गराउन सकिने छ । 
देउडियाहरुले नाम दर्ता गर्न र थप जानकारीका लागि ९८५८७५१२२२ र ९८५८७८८७७६ मा सम्पर्क गर्न सकिने छ ।  


 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:२२

Comments