सिगास गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४३ करोड ८२ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थीक वर्ष २०८०÷८१ का लागि ४३ करोड ८२ लाख ३१ हजार ८ सयको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष धाना धामीले बताउनुभयो।
उनका अनुसार चालु तर्फ ३३ करोड, ८९ लाख २४ हजार ८ सय अर्थात् (२२.६४%) र पुजिगत तर्फ ९ करोड ९३ लाख ७ हजार अर्थात् ( ७७.३४%) बराबरको बजेट ल्याएको बताए।
गाउँपालिका उपाध्यक्ष धाना धामीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको छ । गाउँपालिकाले केही नयाँ कार्यक्रम सहित पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य, यातायात र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ।

Comments
Post a Comment