आज कहाँ-कहाँ पर्छ पानी ?

३० जेष्ठ २०८०, मंगलवार
आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थान साथै मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका मध्य तथा पश्चिम तराईका भागमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

Tekendra Dhami 

काठमाडौंमै नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा !

Comments