टिकटक लाइभबाट लाखौ कमाउने टिकटकर अंश वर्माको टिकटक एकाउन्ट बन्द

 

टिकटक लाइभबाट लाखौ कमाउने टिकटकर अंश वर्माको टिकटक एकाउन्ट बन्द

११ असार २०८०, सोमबार
टिकटक लाइभबाट लाखौ कमाउने टिकटकर अंश वर्माको टिकटक एकाउन्ट बन्द

धनगढी : टिकटकमा लाइभ आएर दिनमै लाखौं कमाउने गरेका कञ्चनपुरको महेन्द्रनगरका अंश बर्माको टिकटक एकाउन्ट बन्द भएको छ ।

टिकटक लाइभ बसेर दिनमै लाख भन्दा बढी कमाउने र महिनाको २५ लाख भन्दा बढी कमाउने गरेको बताउने गरेका थिए । उनी दैनिक १० देखि १२ घण्टा लाइभ बस्ने गरेका थिए ।

टिकटकमा लाइभ बसेर कमाएको पैसाले एउटा कार, महेन्द्रनगरमा एउटा घर, काठमाडौमा एउटा घर किनेको र सामाजिक सेवामा खर्च गर्ने गरेको टिकटकर बर्मा बताउने गरेका छन् ।

तीन बर्षअघि खोलेको उनको उक्त एकाउन्टमा २.१ मिलियन फ्लोर्स थिए । उक्त एकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ एकाउन्ट खोलेका छन् ।

Comments