यूएईले नेपाललाई ३ विकेटले हरायाे

 यूएईले नेपाललाई ३ विकेटले हरायाे

  जेठ ३०, २०८० मंगलबार २०:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएकाे छ ।

नेपालले दिएकाे २ सय ७७ रनकाे लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायाे । यसअघि जिम्बावेकाे हरारेमा पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयाे । 

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह 'ए' मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स' मा पुग्नेछन् ।

'सुपर सिक्स' मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: जेठ ३०, २०८०
ad
ad
ad

Comments