आजको मौसम : यी प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध

 

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध

११ असार २०८०, सोमबार
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली  रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

सोमबार(आज) कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।

भारी वर्षा र मेघगर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

Comments